जापानमा भिसा शुल्क बढ्ने रे, अब गोजी रित्तिने भयो
अबदेखि एइजू (Eiju) को लागि २ लाख येन तिर्नुपर्ने हुन सक्छ, विश्वास लाग्दैन है?
के हुँदैछ?
अहिलेसम्म भिसा नवीकरण गर्दा वा स्टाटस परिवर्तन गर्दा हामीले ६,००० येन तिर्दै आएका थियौं। तर अब अध्यागमन विभागले यो शुल्कलाई बढाएर आकाशमा पुर्याउने प्रस्ताव ल्याएको छ। यो नियम यही वर्षको अक्टोबर १ देखि लागू हुनसक्छ।
प्रस्ताव अनुसार, अब भिसाको अवधि अनुसार शुल्क तिर्नुपर्नेछ। "३ महिना वा कम" को लागि १०,००० येन, "१ वर्ष" को लागि ३३,००० येन, र "५ वर्ष वा बढी" को लागि ७५,००० येन लाग्नेछ। अनलाइन आवेदन दिँदा केही छुट भने मिल्नेछ।
किन यस्तो?
अध्यागमनको भनाइ अनुसार, एउटा आवेदन प्रक्रियामा लाग्ने वास्तविक खर्च (कर्मचारीको तलब, अफिस खर्च आदि) लगभग १०,००० येन पर्छ। त्यसमाथि, विदेशी नीतिहरूमा लाग्ने खर्च (५७.२ अर्ब येन) लाई यहाँ बस्ने सबै विदेशी (लगभग २९.१ लाख) मा बाँड्दा प्रति व्यक्ति प्रति वर्ष लगभग २०,००० येन थप पर्न आउँछ रे।
अनि सबैभन्दा ठूलो झट्का त स्थायी बसोबास वा एइजू (永住者) को लागि छ। अहिलेको १०,००० येन बाट एकैचोटि २० लाख येन पुर्याउने रे! 😱 यो पैसाले उनीहरूले विदेशी व्यवस्थापन र नीतिहरूमा सुधार गर्ने योजना बनाएका छन्।
अब के गर्ने?
यो अहिले प्रस्ताव मात्रै हो, तर लागू हुने सम्भावना धेरै छ। अध्यागमनले छिट्टै नै यसबारेमा सर्वसाधारणबाट राय पनि संकलन गर्नेछ। आफ्नो विचार राख्ने मौका त छ, तर के नै भन्नु र।
शरणार्थी वा मानवीय आधारमा सहयोग चाहिने र आर्थिक रूपमा कमजोर व्यक्तिहरूका लागि भने शुल्कमा केही छुट हुने बताइएको छ। तर हामी जस्ता सामान्य कामदारको लागि भने अब भिसा थप्नुअघि पैसाको जोहो राम्रैसँग गर्नुपर्ने देखियो। आफ्नो साथी जो अर्को वर्ष भिसा थप्दैछ, उसलाई यो खबर सुनाइहाल्नुस् त।

Sign in to keep your name & data