← HoraYaba
जापानमा चलाख मान्छेहरु छुट्टीमा के गर्छन्?
entertainment·44d

जापानमा चलाख मान्छेहरु छुट्टीमा के गर्छन्?

छुट्टीमा जापानिज भाषा पढ्छु, कोठा सफा गर्छु सोच्दासोच्दै दिनै बित्छ? तपाई एक्लो हुनुहुन्न।

त्यो एक दिनको छुट्टी

हप्ताभरि काम गरेपछिको त्यो एउटा बहुमुल्य छुट्टी (休日)। योजना त हिमालै बनाइन्छ: आज त JLPT को तयारी गर्छु, त्यो सानो १K अपार्टमेन्ट पुरै चम्काउँछु, एक हप्तालाई पुग्ने तरकारी काटेर राख्छु।

तर वास्तविकतामा, बिहान आँखा खुल्छ, एकछिन मोबाइल चलायो, अनि फेरि आँखा खोल्दा त आइतबारको रात परिसकेको हुन्छ। अनि मनमा एउटै कुरा खेल्छ, 'आज पनि दिन खेर गयो यार!' 😫

चलाख मान्छेहरु के गर्छन् त?

एउटा जापानी म्यागजिनमा 'चलाख मान्छेहरु छुट्टीमा के गर्छन्' भन्ने लेख पढेको थिएँ। मलाई लागेको थियो, उनीहरु बिहान ४ बजे उठेर १०-१२ घण्टा पढ्छन् होला।

तर एकजना सिनियरलाई सोध्दा त जवाफ अचम्मको आयो: "म छुट्टीमा किताबको एक पाना मात्र पढ्ने कोशिस गर्छु।"

मैले सोधिहालेँ, "बस, त्यति मात्रै?" उनी हाँस्दै भने, "हो, छुट्टी हो भनेर धेरै जोस देखायो भने केही पनि हुँदैन। एक पाना पढ्छु भनेर सुरु गर्यो भने, कहिलेकाहीँ त थाहै नपाई ३० मिनेट पढिसकेको हुन्छु।"

'बेबी स्टेप्स' को जादू

कुराको चुरो यही रहेछ। लक्ष्य ठुलो राखेर सुरुमै थाक्नुभन्दा, सानो र सधैं गर्न सकिने कामबाट सुरु गर्नु। यसलाई 'बेबी स्टेप्स' भनिदो रहेछ।

किताबको एक पाना। जापानिज भाषाको ५ मिनेट। एक्सरसाइजको एक सेट। 'यति त म जसरी पनि गर्न सक्छु' भन्ने सानो बाचा आफैसँग गर्ने। यसो गर्दा काम सुरु गर्न अल्छी लाग्दैन र बिस्तारै गति बढ्दै जान्छ।

छुट्टीको दिन ५ घण्टा पढ्छु भनेर योजना बनाएर थकित हुनुभन्दा, हरेक दिन ५ मिनेट पढ्नुले एक वर्षमा ठूलो फरक पार्छ। अबदेखि छुट्टीमा धेरै तनाव लिनु परेन।

LINEFacebook
Comments

Say something — anonymous, no sign-up 👇

Sign in to keep your name & data