जापानको 'दयालु' बोस, जो सबैभन्दा खराब हुन्छ
जापानमा ४० कटे पनि म्यानेजर बन्न अयोग्य हुने मान्छेको पहिलो नम्बरमा को पर्छ थाहा छ?
यो कस्तो बोस हो?
जापानी पत्रिकामा एउटा रमाइलो लेख भेटियो। त्यसमा भनेको छ, ४० वर्ष पुग्दा पनि म्यानेजर बनाउन नहुने कर्मचारी त्यो हो जसले "कर्मचारीको कुरा सुनिदिनु नै मेरो काम हो" भनेर सोच्छ।
हामी सोच्छौं, "कर्मचारीको कुरा सुन्ने बोस त कति राम्रो!" तर यही सोचाइले कहिलेकाहीँ टिमलाई नै डुबाउँछ रे। यस्तो लाग्छ कि उनीहरु बोस हैन, काउन्सिलर हुन्। दिनभरि "केही समस्या छ?" "सबै ठीक छ?" भन्दै हिँड्ने।
समस्या के हो त?
समस्या के हो भने, यस्ता म्यानेजरले आफ्नो खास काम नै बिर्सिन्छन्। म्यानेजरको काम त टिमबाट रिजल्ट निकाल्ने, लक्ष्य पूरा गराउने र त्यसको लागि सही निर्णय लिने हो। कर्मचारीको हरेक गुनासो सुन्दै बस्ने होइन।
यी बोसहरु अल्छी पनि होइनन्, बरु ज्यादै मिहिनेती हुन्छन्। उनीहरुलाई लाग्छ, "मैले कर्मचारीको दुःख बुझिदिएँ भने उनीहरुले राम्रो काम गर्छन्।" तर यो दयाले उल्टै कर्मचारीको विकास रोकिदिन्छ। किनभने जब काम बिग्रिन्छ, उनीहरुले गाली गर्नुको सट्टा "ल ल, केही छैन" भनिदिन्छ। 😂
त्यसोभए के गर्ने?
लेखमा भनेअनुसार, बोसले कर्मचारीको कुरा सुन्नु त पर्छ, तर सहानुभूति देखाउन होइन, जानकारी लिनको लागि। काम कहाँ पुग्यो, के बाधा छ, अनि त्यसको आधारमा निर्णय लिनको लागि।
आफैंले जुनियर भएर काम गर्दाको समय याद गर्नुस् त। हामीलाई हाम्रो गल्तीको लागि बहाना सुनिदिने बोस चाहिएको थियो कि काम सिकाउने? हो, यही हो। दयालु बोसले त हामीलाई बहाना बनाउन झन् सजिलो बनाइदिन्छ।
त्यसैले जापानमा एउटा किताबमा भनेको छ, "लिडरले कहिलेकाहीँ मास्क लगाउनुपर्छ।" मतलब, व्यक्तिगत भावनालाई काममा मिसाउनु हुँदैन। 🤔
