जापानमा छिटो Promotion खानेहरूको एउटै बानी
रातभरि बसेर बनाएको document हाकिमले वास्तै गर्दैन? सायद तपाईंले एउटा कुरा छुटाउनुभयो।
आखिर कुरो के हो?
जापानमा काम गर्दा presentation वा रिपोर्ट बनाउनु पर्दा हाम्रो एउटै सोच हुन्छ: यस्तो पर्फेक्ट बनाउँछु कि कसैले प्रश्न सोध्ने ठाउँ नै नहोस्। सबै data, सबै explanation एउटै document मा कोच्यो, १०-२० पेजको बनायो। हामीलाई लाग्छ, यति मिहिनेत गरेपछि त हाकिम खुसी होलान् नि।
तर एउटा जापानी रिसर्चले उल्टो कुरा देखाएको छ। ८१५ वटा कम्पनीका १ लाख ७० हजार कर्मचारीमा गरिएको विश्लेषण अनुसार, छिटो-छिटो promotion पाउने मान्छेहरूले यसो गर्दैनन्। उनीहरूको तरिका ठीक उल्टो छ।
"सेल्फ-ツッコミ" भन्ने जादु
छिटो promotion खानेहरूको ५७% को document मा एउटा कुरा साझा थियो: उनीहरूले आफैले बनाएको रिपोर्टमा आफैलाई प्रश्न सोधेका थिए। यसलाई उनीहरू "सेल्फ-ツッコミ" (self-tsukkomi) भन्छन्।
अर्थात्, presentation दिनुअघि नै हाकिम वा सहकर्मीले के-के प्रश्न सोध्न सक्छन् भनेर अनुमान गर्ने। अनि त्यसको जवाफ document को फुटनोट वा छेउमा सानो अक्षरमा लेखिदिने। जस्तै: "यो नम्बरको स्रोत के हो?", "किन प्लान A होइन, B रोजेको?", "यसमा के-के रिस्क छ?" भनेर आफैले प्रश्न उठाएर आफैले छोटो जवाफ दिने। 🧐
यस्तो गर्दा पछि गएर हाकिमले फेरि बोलाएर "यो बुझिनँ, फेरि सम्झाऊ" भन्ने सम्भावना ४७% ले कम भएको पाइयो। तपाईंले हाकिमको मनको कुरा पहिल्यै पढ्नुभयो।
यसले किन काम गर्छ?
आफ्नो रिपोर्टमा कमजोरी वा प्रश्न आफैले देखाउँदा त झन् गाह्रो होला जस्तो लाग्छ, हैन? तर जापानमा यसले उल्टो काम गर्छ। यसले तपाईंको इमानदारी र गहिराइ देखाउँछ।
हाकिमले "ए, यसले त सम्भावित समस्याबारे पनि पहिल्यै सोचेको रहेछ, भनेपछि भरपर्दो मान्छे हो" भन्ने सोच्छन्। तपाईंले आफ्नो कुरा मात्र सही हो भनेर प्रमाणित गर्न खोज्नुभएको छैन, तर सबै कोणबाट विचार गर्नुभएको छ भन्ने सन्देश जान्छ। यसले विश्वास बढाउँछ।
त्यसैले अर्को पटक presentation बनाउँदा, पानामाथि पाना थप्नुभन्दा, हाकिमको दिमागमा के-के प्रश्न आउन सक्छ भनेर सोच्नुहोस्।
